छुटे अनेरास्ववियुका ४ नेता
कास्की | जेठ १७, २०७९
पोखरा: वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेता रिहा भएका छन् ।
सरकारी गाडी नियन्त्रण गर्ने क्रममा बिहान पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रिहा भएका हुन् ।
उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गाडीलाई नियन्त्रणमा लिन खोजेका थिए । सोही क्रममा ४ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई आजै रिहा गरेपनि सरकारी एक महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परेका थिए ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

